काठमाडौं । अघिल्लो वर्षको नाफाबाट घोषणा गरिएको ४९.४ प्रतिशत बोनस शेयरको मूल्य समायोजन गर्नुअघि जनउत्थान सामुदायिक लघुवित्त लघुवित्त कम्पनीमध्येकै सर्वाधिक नाफा गर्ने कम्पनी थियो ।
मूल्य समायोजनपछि यो तेस्रो स्थानमा झरेको छ । यद्यपि यो कम्पनीको पछिल्लो बजारमूल्य ३ हजार ७ सय ८० रुपैयाँ छ । सो कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ ।
प्रकाशित वित्तीय विवरण अनुसार जनउत्थानको नाफा यो वर्ष लगभग दोब्बर पुगेको छ । अघिल्लो वर्ष १ करोड ८२ लाख रुपैयाँ रहेको जनउत्थानको नाफा बढेर ३ करोड ५१ लाख रुपैयाँ पुुगेको हो । यो करिब ९३ प्रतिशत बढी हो ।
सो कम्पनीको हालको चुक्ता पुँजी ७ करोड ९२ लाख रुपैयाँ छ । यो नाफाको आधारमा कम्पनीको प्रतिशेयर आम्दानी ५९ रुपैयाँ १९ पैसा हुन आउँछ । पछिल्लो बजारमूल्यका आधारमा कम्पनीको शेयरको मूल्य आम्दानी अनुपात भने करिब ६४ गुणा रहेको छ ।


