images
images

सर्लाहीको बागमती नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड बढीको बजेट


  • 344
    SHARES
  • २०८२ आषाढ ११ गते बुधबार

    सर्लाहीको बागमती नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड बढीको बजेट

    बरहथवा (सर्लाही) । सर्लाहीको बागमती नगरपालिकाले आगामी आर्थिक वर्षको लागि रु एक अर्ब तीन करोड २६ लाख नौ हजार ३७६ बराबरको बजेट सार्वजनिक गरेको छ । मङ्गलबार नगरपालिकाको दोस्रो नगरसभाको सातौँ अधिवेशनमा कार्यवाहक उपप्रमुख रूपा बोम्जनले उक्त बजेट पेस गरे । 

    नगरको कृषि, पर्यटन, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर बजेट तथा कार्यक्रम तयार पारिएको नगरका कार्यवाहक नगरप्रमुख कृष्णकुमार लामाको भनाइ छ । आगामी आव २०८२÷८३ का लागि कूल बजेटमध्ये व्यय रु १० करोड ४६ लाख, पुँजीगत तथा कार्यक्रमतर्फ रु ७० करोड ५० लाख नौ हजार ३७६, सशर्त अनुदानतर्फ रु २१ करोड ४३ लाख, विशेष अनुदानतर्फ रु ८७ लाख अनुमान गरिएको कार्यवाहक उपप्रमुख बोम्जनले जानकारी दिए । 

    अनुमानित खर्चको स्रोत नेपाल सरकार अनुदान, राजस्व बाँडफाँट, प्रदेश सरकार अनुदान, आन्तरिक आय तथा नगर विकास कोष र निजी क्षेत्र गैरसरकारी संस्थाहरू अनुमान गरिएको उनले उल्लेख गरे । कृषि क्षेत्रतर्फ नगरपालिकाले यहाँ उत्पादन हुने अन्नको भण्डार निर्माणलाई पनि प्राथमिकता दिएको उनको भनाइ छ । 

    नगरभित्र उत्पादन भएका तरकारी सङ्कलनको दिगो व्यवस्थापनका लागि सखुवनीमा संरचना निर्माणका लागि रु दुई करोड ८० लाख बजेट विनियोजन गरिएको छ । नगरमा रहेका ३५ बढी धार्मिकस्थल र नगरले निर्माण गरिरहेको बागमती माछापोखरी (भरत ताल)लाई महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने गरी कार्यक्रम तयार गरिएको बोम्जनले जानकारी दिए । नगरपालिकाले अस्तित्वमा रहेका र लोपोन्मुख तथा प्रचलित भाषा संस्कृति संरक्षणको लागिसमेत कार्यक्रम तयार गरी सभाबाट अनुमोदन गरेको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रतीक भण्डारीले जानकारी दिए । 


    images

    Logo