images
images

सुरक्षाबाहेक कुनै पनि सेवा सुविधा नलिने पूर्वराष्ट्रपति भण्डारीकाे घोषणा


  • 470
    SHARES
  • २०८२ आषाढ १८ गते बुधबार

    सुरक्षाबाहेक कुनै पनि सेवा सुविधा नलिने पूर्वराष्ट्रपति भण्डारीकाे घोषणा

    काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराष्ट्र प्रमुखका हैसियतले नेपाल सरकारले उपलब्ध गराउने सेवासुविधामध्ये सुरक्षाबाहेक कुनै पनि सेवासुविधा आजै मितिदेखि नलिने घोषणा गरेकी छिन् ।
     
    उनको सचिवालयबाट गृह मन्त्रालयका सचिवलाई सम्बोधन गरी लेखिएको पत्रमा पूर्वराष्ट्रपति भण्डारीले आजकै मितिदेखि लागू हुनेगरी सुरक्षाबाहेकका कुनै पनि सेवासुविधा नलिने निर्देशन भएको उल्लेख छ । 
     
    पूर्वराष्ट्रपति भण्डारीले आफ्नो कार्यकाल पूरा गरी सेवानिवृत्त भएपछि पूर्वराष्ट्र प्रमुखका हैसियतले नेपाल सरकारले उपलब्ध गराउने सेवासुवधा लिँदै आएकी थिइन् ।


    images

    Logo