images
images

असार सकिँदासम्म मधेशमा ३६ प्रतिशत मात्रै धान रोपाइँ, खानेपानीको पनि संकट


  • 461
    SHARES
  • २०८२ श्रावण १ गते बिहीबार

    असार सकिँदासम्म मधेशमा ३६ प्रतिशत मात्रै धान रोपाइँ, खानेपानीको पनि संकट

    काठमाडौं । मधेश प्रदेशमा असारको अन्त्यसम्म धान रोपाइँ अपेक्षाभन्दा निकै कम भएको छ । प्रदेशको कृषि मन्त्रालयका अनुसार यो वर्ष हालसम्म जम्मा ३६ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको हो, जुन अघिल्लो वर्षको ६१ प्रतिशतको तुलनामा निकै कम हो । विगतका वर्षहरूमा असार मसान्तसम्म सामान्यतया ७५ प्रतिशतसम्म रोपाइँ भइसक्ने गरेकाे थियाे ।

    सिँचाइ सुविधा उपलब्ध भएका खेतमा केही हदसम्म रोपाइँ भएको भए पनि अधिकांश जमिन आकाशेपानीमा निर्भर भएकाले त्यहाँ अझै रोपाइँ सुरु नै हुन सकेको छैन ।

    हालै सक्रिय भएको मौसमी प्रणालीबाट पूर्वी तराईमा भारी वर्षाको अपेक्षा गरिएको भए पनि मधेश प्रदेशका धेरै जिल्लामा पर्याप्त वर्षा नभएको कृषि विज्ञहरूको भनाइ छ । विशेषगरी बारा र पर्सामा सामान्य वा छिटपुट वर्षा मात्रै भएको जनाइएको छ ।

    पानीको अभावले खेती मात्र होइन, खानेपानीको संकट पनि उत्पन्न भएको छ । इनार र चापाकल सुक्दै जाँदा धेरै ठाउँमा पीने पानीको हाहाकार छ । यस्तो अवस्थामा मधेश प्रदेश सरकारले प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरिसकेको छ ।

    ‘देशको अन्न भण्डार’ मानिने मधेशमा यस्तो स्थितिले धान उत्पादनमा ठूलो गिरावट आउने संकेत देखिएको छ । कृषि उत्पादन घट्दा खाद्य संकटसमेत उत्पन्न हुने चिन्ता बढेको छ ।


    images

    Logo