images
images

नेपाल हवाई सेवा प्राधिकरण विधेयकमाथि संशोधनकर्ताहरूसँग छलफल


  • 369
    SHARES
  • २०८२ श्रावण २ गते शुक्रबार

    नेपाल हवाई सेवा प्राधिकरण विधेयकमाथि संशोधनकर्ताहरूसँग छलफल

    काठमाडौँ । प्रतिनिधिसभा, अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्तासँग छलफल सुरु भएको छ । 

    सिंहदरबारमा आज बसेको बैठकमा विधेयकमा संशोधन हालेका सांसदसँग छलफल गरिएको हो । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, सचिव हरि मैनालीसहित मन्त्रालयका विभागीय कर्मचारीको उपस्थितिमा विधेयकलाई समृद्ध बनाउने विषयमा छलफल भएको छ ।

    त्यस अवसरमा संशोधनकर्ता विमला सुवेदी, भगवती चौधरी, राजेन्द्र पाण्डे, नारायणी शर्मा, चन्दा कार्की, दुर्गा राई, सोविता गौतम र विनिता कठायतले विधेयकमाथि आफ्नो संशोधन प्रस्तावलाई समितिसामु प्रष्ट पारेकान थिए ।

    समितिका सभापति राजकिशोर यादवले संशोधनकर्ता सांसद र विज्ञहरूको धारणा तथा सुझावसमेतका आधारमा विधेयकलाई थप समृद्ध बनाएर चाँडो पारित गराउनेगरी छलफललाई तीब्रता दिइएको बताए । उनले विधेयकलाई समृद्ध बनाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे ।


    images

    Logo