images
images

पूर्वराष्ट्रपति भण्डारी पार्टी राजनीतिमा आउन नमिल्ने एमालेकाे निर्णय


  • 371
    SHARES
  • २०८२ श्रावण ७ गते बुधबार

    पूर्वराष्ट्रपति भण्डारी पार्टी राजनीतिमा आउन नमिल्ने एमालेकाे निर्णय

    काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः सक्रिय राजनीतिमा फर्कन नपाइने निर्णय गरेको छ ।

    मंगलवार राति साढे ११ बजे सम्पन्न केन्द्रीय कमिटी बैठकले यस्तो निर्णय लिएको हो । बैठकपछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रको सर्वोच्च पदमा पुगेको व्यक्तिको पुनः पार्टी राजनीतिमा फर्कनु उचित नहुने बताए ।

    पूर्वराष्ट्रपतिलाई पार्टी राजनीतिमा संलग्न हुन दिनु संविधानको मर्म र भावनाविपरीत हुने निष्कर्ष एमालेले निकालेको हो ।

    यद्यपि, केन्द्रीय कमिटीको उक्त निर्णयमा उपाध्यक्षद्वय युवराज ज्ञवाली र सुरेन्द्र पाण्डे तथा स्थायी कमिटी सदस्य कर्ण थापाले असहमति जनाएका छन् ।

    सोमवारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा १८० जना सदस्यले आ–आफ्नो धारणा राखेका थिए, जसमा धेरैजसोले पूर्वराष्ट्रपतिले पार्टी राजनीतिमा फर्कन नहुने मत दिएका थिए ।

    त्यही दिन, मंगलबार, पूर्वराष्ट्रपति भण्डारीले आफूले सजिलै खुट्टा नकमाउने अभिव्यक्ति दिएकी थिइन् ।


    images

    Logo