images
images

सुनसरी बस दुर्घटना अपडेट : मृतकको संख्या ४ पुग्यो, २३ जना घाइते


  • 558
    SHARES
  • २०८२ श्रावण २६ गते सोमबार

    सुनसरी बस दुर्घटना अपडेट : मृतकको संख्या ४ पुग्यो, २३ जना घाइते

    सुनसरी । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सुनसरीमा भएको दुर्घटनामा चार जनाको मृत्यु भएको छ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३, जलुवा टोलस्थित सडक खण्डमा आज बिहान भएको बस र विङ्गर माइक्रो ठोक्किदा ४ जनाको मृत्यु भएको छ बहने २३ जना घाइते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बिहान करिब ७ बजे काँकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको मातृ डिलक्स बस र सप्तरीको राजविराजबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश २–०१–००१ ज ००४८ नम्बरको विङ्गर माइक्रो ठोक्किँदा दुर्घटना भएको हो ।

    दुर्घटनामा सुनसरी कोशी गाउँपालिका–६ का ७० वर्षीय लक्ष्मण सदा, सप्तरी मधावे गाउँपालिका–६ का ३५ वर्षीय शंकर मण्डल, विराटनगरका अशोक यादव र अन्य एक अन्दाजी ४५–५० वर्षीया महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार घाइते ४ जनाको अवस्था गम्भीर रहेको छ ।

    प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको जानकारी दिएको छ भने घाइते रहेका विङ्गरका चालकको उपचार जारी रहेको बताएको छ । हाल घाइतेको ग्लोबल कार्डियो एण्ड न्युरो अस्पताल भोक्राहा, जिल्ला अस्पताल ईनरुवासहितका अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।


    images

    Logo