images
images

मुकुल ढकालले दायर गरेको रिट सर्वोच्चद्वारा खारेज


  • 876
    SHARES
  • २०८२ श्रावण २७ गते मंगलबार

    मुकुल ढकालले दायर गरेको रिट सर्वोच्चद्वारा खारेज

    काठमाडौं ।  सर्वोच्च अदालतले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महामन्त्रीको हैसियतले काम गर्न पाउनुपर्ने माग गर्दै मुकुल ढकालले दायर गरेकोे रिट निवेदन खारेज गरेको छ ।

    न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले आज उक्त रिट निवेदन खारेज हुने आदेश गरेको हो ।
          
    सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलका अनुसार उक्त विवादमा रिट निवेदन खारेज  भई निर्देशनात्मक आदेश आएको जानकारी दिए । रिटमा लिखित आदेश आउन भने बाँकी रहेको उनले बताए । 
          
    रास्वपाका संस्थापक महामन्त्री ढकाललाई पार्टीहितविपरीत गतिविधि गरेको भन्दै २०८१ असार २६ मा पार्टीबाट निस्कासन गरिएको थियो । उक्त निर्णयविरुद्ध ढकालले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।


    images

    Logo