काठमाडौं । स्वावलम्बन लघुवित्तले साधारणसभा बोलाएको छ । मंसिर १३ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
लघुवित्तले पुष १५ गते बिहान ११ बजे एलिस रिसेप्सन गैरिधारामा बस्नेगरि सभा बोलाइको हो । सो कम्पनीले प्रस्ताव गरेको १९ प्रतिशत वोनस शेयर र ६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ ।
उक्त सभा प्रयोजनका लागि कम्पनीले पुष ६ गतेदेखि सभा हुने दिनसम्मका लागि शेयरधनी किताब खाता बन्द गर्ने निर्णय गरेको छ ।