images
images

असोज १ गते शोक दिवस मनाउनेसहित यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु


  • 543
    SHARES
  • २०८२ भाद्र ३० गते सोमबार

    असोज १ गते शोक दिवस मनाउनेसहित यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु

    काठमाडौं । सरकारले जेनजी आन्दोलनमा निधन भएका व्यक्तिको सम्मानमा असोज १ गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ। भदौ ३० गते, सोमबार, बसेको अन्तरिम सरकारको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । 

    साथै सो बैठकले शहिद परिवारलाई क्षतिपूर्तिबापत १० लाख र अन्य खर्च ५ लाख गरी कुल १५ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने निर्णय भएको गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

    त्यस्तै, आन्दोलनका क्रममा घाइते भएकाहरूको निःशुल्क उपचारको व्यवस्था सरकारले गर्नेछ । आन्दोलका क्रममा मृत्यु भएका व्यक्तिहरूलाई सम्बन्धित स्थानमा पुर्‍याउनका लागि सवारीसाधनको व्यवस्था गर्नेछ । 

    त्यसैगरी बैठकले असोज १ गते शोक दिवस मनाउने भएको छ । सो दिन सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ । त्यस्तै सो बैठकले आन्दोलनको छानविन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन गर्ने निर्णय गरेको छ । 

    यसैगरी सहादत प्राप्त गर्ने सहिदको स्मरणमा ‘जेनजी जागरण स्मारक पार्क’ निर्माण गर्ने निर्णय भएको छ । बैठकले अघिल्लो मन्त्रिपरिषद् बैठकमा पेस भएका तर निर्णय नभएका सबै प्रस्ताव सम्बन्धित मन्त्रालयमा फिर्ता पठाउने निर्णयसमेत गरेको गृहमन्त्री अर्यालले जानकारी दिए ।


    images

    Logo