काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाइ सरुवा गरिएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई सरुवा गर्ने निर्णय गरेको हो ।
उनको ठाउँमा प्राधिकरणकै पूर्व उपकार्यकारी निदेशक मनोज सिलवाललाई नियुक्त गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ ।