काठमाडौं । साना किसान लघुवित्तले २६.३१५७८९४७४ प्रतिशत लाभांश पारित गर्न साधारणसभा बोलाएको छ । शुक्रबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
कम्पनीले पुष १८ गते नेपाल प्रसासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेलमा बिहान ११ बजे बस्नेगरि बोलाएको छ । उक्त कम्पनिले २०७७/७८ को मुनाफाबाट चुक्त पुँजीको २५ प्रतिशत बोनस शेयर र १.१३५७८९४७४ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि वितरणको प्रस्ताव पारित गर्नेछ ।
सो प्रयोजनको लागि कम्पनिले पुष ५ गतेदेखि पुष १८ गतेसम्म शेयरधनी बिताब खाता बन्द गर्ने निर्णय गरेको छ ।