काठमाडौं । मनकामना स्मार्ट लघुवित्तले साधारणसभा बोलाएको छ । शुक्रबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
सो कमपनीले पुष १९ गते होटल पौवा, रुपन्देहीमा दिउँस २ बजे बस्नेगरि साधारणसभा बोलाएको छ । सो सभाले २०७७/७८ को मुनाफाबाट चुक्ता पुँजीको १७ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव पारित गर्नेछ ।
उक्त सभा प्रयोजनको लागि कम्पनीले पुष ४ गतेदेखि पुष १९ गतेसम्मका लागि शेयरधनी किताब खाता (बुक क्लोज) गर्ने निर्णय गरेको छ ।