काठमाठौं ।आज नेप्सेमा लुम्बिनी विकास बैंकको शेयर मूल्य समायोजन हुँदैछ । नेप्सेका अनुसार बैंकको १३ प्रतिशत बोनस पछिको शेयर मुल्य समायोजन हुने भएको हो ।
सो बैंकको बुक क्लोज पछिको शेयर मुल्य ४ सय २९ रुपैयाँ ६५ पैसामा समायोजन हुनेछ । उक्त बैंकको अन्तिम कारोबार ४ सय ८५ रुपैयाँ ५० पैसामा मा भएको थियो ।
बैंकले वार्षिक साधारण सभाबाट पारित भए बमोजिम चुक्ता पूँजीको १३ प्रतिशत बोनस शेयर र ०.६८४२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।