images
images

शान्ति सेनाको सङ्ख्या २५ प्रतिशसम्म कटौती गरिँदै


  • 442
    SHARES
  • २०८२ कार्तिक ६ गते बिहीबार

    शान्ति सेनाको सङ्ख्या २५ प्रतिशसम्म कटौती गरिँदै

    काठमाडौं । संयुक्त राष्ट्रसङ्घले बजेट अभावका कारण द्वन्द्वरत देशमा स्थापना भएका मिसनमा परिचालित शान्ति सेनाको सङ्ख्या २५ प्रतिशसम्म कटौती गर्ने भएको छ । त्यसबाट नेपालले पठाउँदै आएको शान्ति सैन्यको सङ्ख्या पनि कम हुनेछ । तर संयुक्त राष्ट्रसङ्घ मार्फत शान्ति सैनिक परिचान गर्ने सबैभन्दा ठूलो देशको सूचीमा भने नेपाल कायम रहने भएको छ ।

    नेपाली सेनाको युद्धकार्य महानिर्देशक अनुपजङ्ग थापाले अहिले परिचालित शान्ति सैनिकको सङ्ख्यामा २५ प्रतिशत कटौतीको सम्भावनाको योजनाको जानकारी प्राप्त रहेको बताए । राष्ट्रसङ्घले फौजको सङ्ख्या घटाउँदा समानुपातिक सन्तुलन कायम गर्ने योजना बनाएको सेनाले जानकारी दिएको छ ।

    नेपाली शान्ति सैनिक अहिले विश्वका विभिन्न देशमा स्थापना गरिएका १० वटा मिसनमा पाँच हजार आठ सय १९ जना तैनाथ छन् । विश्वका एक सय २० भन्दा बढी देशका एक लाख २० हजार बढी शान्ति सेना यूएनमार्फत १४ वटा मिसनमा रही विश्वका विभिन्न द्वन्द्वरत देशमा शान्ति स्थापनाका लागि खटिरहेका छन् । 


    images

    Logo