काठमाडौं । सिद्धार्थ बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुन्दर प्रसाद कँडेल नियुक्त भएका छन् । बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले कँडेललाई सीईओ बनाउने निर्णय गरेको हो ।
तत्कालिन प्रमुख कार्यकारी अधिकृत शम्भुनाथ गौतमको कार्यकाल सकिएपछि उनी साउनदेखि कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको भूमिकामा थिए । सञ्चालक समितिले करिब ४ महिनापछि उनैलाई सीईओ बनाएको हो ।