images
images

दोस्रो एनपीएलबाट ३५ करोडभन्दा बढी आम्दानी हुने अनुमान


  • 480
    SHARES
  • २०८२ कार्तिक २९ गते शनिबार

    दोस्रो एनपीएलबाट ३५ करोडभन्दा बढी आम्दानी हुने अनुमान

    काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले दोस्रो नेपाल प्रिमियर लिग (एनपीएल) का सबै तयारी पूरा भएको जनाएको छ । पर्सि सोमवारदेखि मङ्सिर २७ गतेसम्म चल्ने प्रतियोगिता बारे आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा क्यानका महासचिव पारस खड्काले जानकारी दिएका हुन् ।

    क्यानका अनुसार यस संस्करणबाट ३५ करोड रुपैयाँभन्दा बढी आम्दानी हुने अनुमान छ । प्रायोजकबाट १५ करोड ३० लाख, सहभागी टिमहरूबाट ९ करोड, ओटीटी सेवाबाट ५ करोड ३० लाख र टिकट बिक्रीबाट ८ देखि १२ करोड रुपैयाँसम्म आम्दानी हुने अनुमान गरिएको छ ।

    पत्रकार सम्मेलनमा पुरस्कार रकमको विवरण पनि सार्वजनिक गरिएको छ । यसपटक पुरस्कारमा कुनै परिवर्तन गरिएको छैन । विजेताले १ करोड १० लाख, उपविजेताले ५१ लाख, तेस्रो स्थानले २५ लाख र चौथो स्थानले १५ लाख रुपैयाँ पाउनेछन् ।

    उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गुर्खाज भिड्नेछन् । प्रतियोगितामा जनकपुर, काठमाडौं, चितवन राइनोज, कर्णाली याक्स, विराटनगर किंग्स, पोखरा एभेन्जर्स, सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स गरी ८ टोली सहभागी हुनेछन् । यसपटकका खेलहरू फ्लडलाइटमा पनि हुने क्यानले जनाएको छ ।


    images

    Logo