images
images

हिमालयन र इन्भेष्टमेन्टबीचको मर्जर सम्झौता बिहीबार हुँदै


  • 749
    SHARES
  • २०७८ बैशाख २९ गते बुधबार

    हिमालयन र इन्भेष्टमेन्टबीचको मर्जर सम्झौता बिहीबार हुँदै

    काठमाडौं । हिमालयन र इन्भेष्टमेन्ट बैंकबीचको मर्जर सम्झौता बिहीबार हुने भएको छ । दुई बैंकबीच बिहीबार राजधानीमा दुई बैंकबीच औपचारिक सम्झौता हुने भएको हो । 

    दुई बैंकबीच नयाँ बन्ने बैंकको स्वाप रेसियो, व्यवस्थापन र सञ्चालक समितिबारे सहमति भइसकेको छ । जसअनुसार इन्भेष्टमेन्ट बैंकको र हिमालयन बैंकबीच १ः१ अनुपातमा स्वाप रेसियो निर्धारण हुनेछ । यद‍्यपि सम्झाैतापत्रमा भने डीडीएका आधारमा स्वाप रेसियो निर्धारण हुने उल्लेख गरिनेछ । 

    बैंकको नाम हिमालय एण्ड नेपाल इन्भेष्टमेन्ट बैंक रहनेछ । बैंकको अध्यक्षमा पृथ्वीबहादुर पाँडे रहनेछन् । 

    त्यस्तै, एकीकरणपछि नयाँ बन्ने बैंकमा हिमालयन बैंकका अशोक राणा प्रमुख कार्यकारी अधिकृत हुनेछन् भने हाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाँडे डेपुटी पैमुख कार्यकारी अधिकृत बन्नेछन् ।

    कर्मचारीको हकमा हिमालयन बैंकको कर्मचारी नियमावलीअनुसार जाने सहमति समेत दुई बैंकबीच भएको छ । राष्ट्र बैंकले बिग मर्जरको पोलिसी लिएको २ वर्षपछि यी बैंकबीच मर्जर सम्झौता हुनल लागेको हो । यसअघि ग्लोबल आईएमई र जनता बैंकबीच मर्जर भइसकेको छ । 


    images

    Logo