images
images

आरम्भ चौतारीसँग मर्जर भाँडिएका दुई लघुवित्त मर्जरमा जाँदै


  • 797
    SHARES
  • २०७८ बैशाख ३० गते बिहीबार

    आरम्भ चौतारीसँग मर्जर भाँडिएका दुई लघुवित्त मर्जरमा जाँदै

    काठमाडौं । आरम्भ चौतारी लघुवित्तसँग मर्जर भाँडिएका सीवाईसी लघुवित्त र शालिग्राम लघुवित्त मर्जरमा जाने भएका छन् । दुवै कम्पनीले एक आपसमा मर्जरका लागि विशेष साधारणसभा बोलाएका हुन् । 

    दुवै लघुवित्तले आगामी जेठ १४ गतेका लागि विशेष साधारणसभा बोलाएका छन् । सीवाईसी लघुवित्तको बागलुङस्थित केन्द्रीय कार्यालयमा तथा शालिग्राम लघुवित्तको बागलुङस्थित एक पार्टी प्यालेसमा विशेष साधारणसभा गर्ने कार्यक्रम छ ।

    दुवै संस्थाले दुई संस्थाबीच भएको डीडीएको आधारमा मर्जरका लागि स्वाप रेसियो निर्धारणबारे छलफल हुने र मर्जरका सम्बन्धमा अध्यक्षको प्रतिवेदन पारित गर्ने एजेन्डा तय गरेका छन् । 

    सीवाईसी लघुवित्त राष्ट्रिय स्तरको लघुवित्त हो । शालिग्राम भने गण्डकी प्रदेश कार्यक्षेत्र भएको कम्पनी हो । यी दुवै कम्पनीले यसअघि आरम्भसँग मर्जरको सम्झौता गरेर पनि सम्झौता रद्द भएको थियो । सञ्चालक समिति र उच्च व्यवस्थापनमा प्रतिनिधित्वको सम्बन्धमा कुरा नमिलेपछि ती संस्थाहरुबीचको मर्जर भाँडिएको थियो । 

    मर्जरमा जान लागेका दुवै संस्था आईपीओ जारी हुन बाँकी कम्पनीहरु हुन् । 

    cyc-saligram.jpg


    images

    Logo