काठमाडौं । दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साना किसान लघुवित्त र एचआईडीसीएल ले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो ।
यी कम्पनीले प्रस्तावित लाभांश पारितका लागि वार्षिक साधारणसभाको मिति तय गरि उक्त सभा प्रयोजनकालागि पुष ५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । तसर्थ पुष ४ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र सो लाभांश लिन र उक्त सभामा सहभागि हुन पाउँनेछन् ।
साना किसान लघुवित्तको चुक्ता पुँजीको २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.३१५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्न पुष १८ गते साधारणसभा बोलाएको छ। सो सभा प्रयोजनकोलागि पुष ५ गते देखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।
त्यस्तै, एचआईडीसीएलको ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश वितरणका प्रस्ताव पारितको लागि पुष २२ गते साधारणसभा बोलाएको छ । सो सभा प्रयोजनकोलागि कम्पनीले पुष ५ गते शेयरधनी किताबखाता कन्द गर्ने निर्णय गरेको छ ।
यस अनुसार पुष ४ गतेसम्म कायम भएका शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागि हुन र कम्पनीले वितरण गर्ने बोनस शेयर र नगद लाभांश पाउनेछन् ।


