images
images

क्यासिनोमा प्रहरीको छापा, व्यवस्थापकसहित २० जना पक्राउ


  • 360
    SHARES
  • २०८२ पौष ७ गते सोमबार

    क्यासिनोमा प्रहरीको छापा, व्यवस्थापकसहित २० जना पक्राउ

     
    विराटनगर । प्रहरीले विराटनगरमा सञ्चालनमा रहेको क्यासिनोमा छापा मार्दा २० जना पक्राउ परेका छन् । आइतबार राति विराटनगरमा रहेको गोल्डेन कोइन क्यासिनो र च्याम्पियन जोन क्यासिनोमा प्रहरीले छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो । 

    छापा मार्दा गोल्डेन कोइन क्यासिनोबाट महाप्रबन्धक लोकेन्द्रबहादुर बस्नेतसहित १४ जना र च्याम्पियन जोन क्यासिनोबाट व्यवस्थापक रामकृष्ण गौतमसहित ६ जनालाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।  प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार, छापा मार्दा क्यासिनोमा नेपाली भेटिएकाले पक्राउ गरिएको हो। 

    पक्राउ परेका अन्यको नाम प्रहरीले सार्वजनिक गरेको छैन । ‘क्यासिनोमा छापा हानेर पक्राउ गरेकाहरूमाथि ‘स्कृनिङ’ गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । कटवालले भने, ‘केहीले ‘हामी कर्मचारी हौँ’ भनेका छन् । कर्मचारी भन्नेहरूको परिचयपत्र खोज्दैछौँ ।’

    प्रवेश निषेध रहेको क्यासिनोमा नेपाली छिरेर निर्बाध जुवाजन्य खेल खेल्ने गरेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले छापा हानेको प्रहरीको भनाई छ । 




    images

    Logo