images
images

वीरगञ्जबाट पाँच महिनामा तीन खर्ब ५९ अर्बका सामान आयात


  • 226
    SHARES
  • २०८२ पौष ८ गते मंगलबार

    वीरगञ्जबाट पाँच महिनामा तीन खर्ब ५९ अर्बका सामान आयात

    वीरगञ्ज । वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्षको पाँच महिनामा तीन खर्ब ५९ अर्ब २३ करोडका वस्तु तथा सामान आयात भएको छ। गत आर्थिक वर्षको पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा १७ प्रतिशत अर्थात् ५३ अर्ब ३२ करोडभन्दा बढी मूल्यका सामान आयात भएको हो। 

    गत आवको पाँच महिनामा तीन खर्ब छ अर्ब एक करोड मूल्यबराबरका सामान भित्रिएको थियो। वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह  विष्टले चालु आवको पाँच महिनामा आयात वृद्धि भएसँगै राजस्व सङ्कलन पनि उल्लेखनीय वृद्धि भएको बताए। 

    चालु आवको पाँच महिनामा ७२ अर्ब २८ करोडको  पेट्रोलियम पदार्थ भित्रिएको छ । त्यसैगरी ३१ अर्ब ६५ करोडको फलाम तथा फलामबाट बनेका सामान भित्रिएका छन् ।

    यस्तै २४ अर्ब ६० करोड मूल्य पर्ने मेसिनरी तथा पार्टपुर्जा आयात भएको छ। यस्तै २२ अर्ब ८५ करोड मूल्य पर्ने भटमासको कच्चा तेल आयात भएको छ ।




    images
    images

    Logo