काठमाडौं । ३० प्रतिशत लाभांश पारित गर्न उन्नती सहकार्य लघुवित्तले साधारणसभा बोलाएको छ । शनिबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्याय गरेको हो ।
कम्पनीले पुष २८ गते बिहान ११ बजे होटेल मौर्या रुपन्देहीमा बस्नेगरी साधारणसभा बोलाएको छ । सो सभाले कम्पनीले प्रस्ताव गरेको ३० प्रतिशत बोनश शेयर वितरणको प्रस्ताव पारित गर्नेछ ।
कम्पनीले सभा प्रयोजनकालगि पुष १४ गते १ दिनको लागि शेयरधनी किताब खाता बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ ।