images
images

पोखरा फाइनान्सको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त


  • 355
    SHARES
  • २०७८ पौष ५ गते सोमबार

    पोखरा फाइनान्सको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त

    काठमाडौं । पोखरा फाइनान्सको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त भएको छ ।  पुष ५ गतेदेखि लागू हुने गरी 
    पोखरा फाइनान्सको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त भएको हो।

    सोमबार दुई कम्पनीबीच यससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । सो सम्झौतामा पोखरा फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङ्गले र प्रभु क्यापिटलको तर्फबाट प्रमुख अधिकृत  बासु थपलियाले हस्ताक्षर गरेका छन् । 

    शेयर राजिष्ट्रारको रुपमा प्रभु क्यापिटलले पोखरा फाइनान्स लिमिटेडको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेजी गर्ने, नामसारी तथा रोक्का राख्ने एवम् शेयरधनीहरुको लगत अद्यावधिक गर्ने लगायतका कार्यहरु गर्नेछ ।


    images

    Logo