images
images

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ८ निर्णयहरु


  • 192
    SHARES
  • २०८२ पौष २१ गते सोमबार

    यस्ता छन् मन्त्रिपरिषद् बैठकका ८ निर्णयहरु

    मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णयहरू गरेको छ । सोमबार दिउँसो सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले गरेकामध्ये ८ वटा निर्णयहरू प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले सार्वजिनक गरेका छन् ।

    बैठकले नेपाल र इजरायल सरकारबिच हुने श्रम सम्झौतालाई स्वीकृत गर्ने निर्णय भएको जानकारी दिए । बैठकले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने सम्बन्धी आदेश २०८२ स्वीकृत गरेको छ । यस्तै, सरकारले ओमान सरकारसँग हुने समझदारी पत्रलाई पनि स्वीकृत गर्ने निर्णय गरेको छ ।

    प्रशासनिक र सुरक्षा निकायमा बढुवातर्फ, सरकारले राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक पदमा अनुसन्धान निर्देशक ओम बहादुर खड्कालाई बढुवा गरेको छ । त्यसै गरी, नेपाल लेखा परीक्षण सेवा तर्फको विशिष्ट श्रेणीको उपमहालेखा परीक्षक पदमा घनश्याम पराजुलीलाई बढुवा गर्ने निर्णय भएको मन्त्री खरेलले जानकारी दिए ।

    सरकारले समस्याग्रस्त सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी समितिको सदस्यमा कुलप्रसाद न्यौपानेलाई मनोनयन गरेको छ । यस्तै,जेनजीु सहिद परिवारको कल्याणकारी कार्यक्रम सञ्चालनका लागि अनुदान उपलब्ध गराउने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ । वन तेस्रो संशोधन नियमावली २०८२ लाई पनि बैठकले स्वीकृति प्रदान गरेको छ ।


    images

    Logo