images
images

निर्वाचनका लागि म्यादी प्रहरी भर्ना खुल्यो, कती छ सुविधा ?


  • 617
    SHARES
  • २०८२ पौष २४ गते बिहीबार

    निर्वाचनका लागि म्यादी प्रहरी भर्ना खुल्यो, कती छ सुविधा ?

    काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्यादी प्रहरी भर्ना गर्न दरखास्त आह्वान गरिएको छ । प्रहरी प्रधान कार्यालयले १ लाख ३३ हजार ९८० जना म्यादी प्रहरी माग गर्दै बिहीबार सूचना प्रकाशन गरेको हो । 

    निर्वाचन सुरक्षामा खटिनेगरी म्यादी प्रहरीमा भर्ना हुन चाहनेले पुस २५ देखि माघ १ गतेसम्म दरखास्त दिन सक्नेछन् । सार्वजनिक बिदाको दिनपनि दरखास्त लिइने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।  

    काठमाडौँ उपत्यका स्थित तीनवटा जिल्ला प्रहरी परिसर र सबै जिल्ला प्रहरी कार्यालयमा म्यादी प्रहरीको दरखास्त फारम लिन र बुझाउने सकिने प्रहरी मुख्यालयले जनाएको छ ।
    साधारण लेखपढ गर्न जान्ने १८ वर्ष पुरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन सक्ने सूचनामा जनाइएको छ । 

    सूचना अनुसार, माघ ५ गतेदेखि ९ गतेसम्म छनोट गरेर माघ १२ मा अन्तिम नतिजा प्रकाशन गरिने छ । छनौट भएका उम्मेदवारले माघ १५ देखि २४ गतेसम्म तालिम लिनुपर्ने छ । 

    निर्वाचन प्रहरीको कार्य अवधि ४० दिनको हुने छ । चालिस दिनमा उनीहरुले ३४ हजार ७ सय ७६ रुपैयाँ तलब सुविधा पाउनेछन् । 

    त्यसबाहेक उनीहरूलाई रासन र आउजाउ गर्न ८४६ रुपैयाँ थप तयारी खर्च प्रदान गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ । त्यस्तै, निर्वाचन प्रहरीले ४ दिनको लागि दैनिक ३ सयको दरले खाजा खर्च पाउनेछन् । पोसाक बापत छुट्टै रकम प्रहरी प्रधान कार्यालयले उपलब्ध गराउने छ ।

    fb341d1c-bcf6-4645-a3b0-059fe68d09b3.jfif
    undefined

     


    images

    Logo