images
images

२९ प्रतिशत लाभांश पारित गर्नको लागि इन्फिनिटी लघुवित्तले बोलायो साधारणसभा


  • 458
    SHARES
  • २०७८ पौष ६ गते मंगलबार

    २९ प्रतिशत लाभांश पारित गर्नको लागि इन्फिनिटी लघुवित्तले बोलायो साधारणसभा

    काठमाडौं । २९ प्रतिशत लाभांश पारित गर्नको लागि इन्फिनिटी लघुवित्तले साधारणसभा बोलाएको छ । लघुवित्तले पुष २७ गते मंगलबार बिहान १० बजे होटल द नारायणी, गैंडाकोटमा बस्नेगरी सभा बोलाएको छ । 

    सो साधारणसभामा कम्पनीले प्रस्ताव गरेको २७.७० प्रतिशत बोनस शेयर र १.४६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ । 

    सो सभा प्रयोजनको लागि कम्पनीले पुष १५ गते शेयरधनी किताब खाता बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । तसर्थ पुष १४ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र सो कम्पनीको लाभांश लिन र सो साधारणसभामा सहभागी हुन पाउँनेछन् ।  


    images

    Logo