images
images

प्रदेश खेलकुद विकास बोर्डको सदस्य सचिवमा सिग्देल


  • 185
    SHARES
  • २०८२ माघ २ गते शुक्रबार

    प्रदेश खेलकुद विकास बोर्डको सदस्य सचिवमा सिग्देल

    मोरङ ।  कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश खेलकुद विकास बोर्डको सदस्य सचिवमा उपसचिव दुर्गाप्रसाद सिग्देललाई तोक्ने निर्णय गरेको छ ।
     
    आज यहाँ विराटनगरमा बसेको बैठकले गत असोज २४ गतेदेखि रिक्त भएको बोर्डको सदस्य सचिवमा अर्को व्यवस्था नभएसम्मका लागि सिग्देललाई  तोकिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले जानकारी दिए । 

    बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिवमा आसमान तामाङलाई पदस्थापन गर्ने निर्णयसमेत गरेको उनले बताए । 


    images

    Logo