images
images

आयातमा कडाइबारे गभर्नर : विदेशी सामानको बिस्कुन लगाउन दिँदैनाैं


  • 462
    SHARES
  • २०७८ पौष ७ गते बुधबार

    आयातमा कडाइबारे गभर्नर : विदेशी सामानको बिस्कुन लगाउन दिँदैनाैं

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा विदेशी सामानको बिस्कुन बिच्छ्याउने अवस्था आउन नदिन आयातमा कडाइ गरिएको बताएका छन् । नेपाल राष्ट्र बैंकले २० वटा बस्तुको आयातमा शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो । यो व्यवस्थाले आयातमा आधारित केही व्यवसायहरु धरासायी हुने भन्दै राष्ट्र बैंकको आलोचना भइरहेका बेला गभर्नर अधिकारीले यस्तो बताएका हुन् । 

    ‘अहिले तत्कालका लागि नचाहिने सामान समेत ल्याएर बिस्कुन लगाउने काम भइरहेको छ,’ अधिकारीले भने, ‘आफैंले खर्च गरेर आयात गर्नुपर्ने भएपछि सामानको डिमाण्ड नभइ आयात हुँदैन, यसले अनावश्यक सञ्चिति घटाउँछ, उपभोगलाई होइन ।’

    राष्ट्र बैंकको यो कडाइले आयात कडाइ गरिएका क्षेत्रको रोजगारी घट्ने सम्भावना समेत नभएको उनको दाबी छ । ‘अहिलेको व्यवस्थाले उपभोगलाई घटाउने नभइ स्टोरको सञ्चिति मात्रै घटाउने भएकोले यसले रोजगारी घटाउँछ कि भनेर चिन्ता लिनु पर्दैन ।’

    उता नेपाल राष्ट्र बैंक विदेशी विनिमय विभागका कार्यकारी निर्देशक रामु पौडेल भने यस्ता सामानको आयात कडाइले रोजगारी घट्छ भने पनि यसलाई खुकुलो बनाउन नसक्ने बताउँछन् । ‘देशको अर्थतन्त्र भन्दा ठूलो रोजगारी हुँदैन,’ उनले भने, ‘सीमित रोजगारीको लागि राष्ट्र बैंकले आफ्नो दायित्व भुल्नु हुँदैन ।’

    राष्ट्र बैंकको कडाइसँगै पेट्रो तथा डिजेल इञ्जिन भएका गाडी, विदेशी मदिराजन्य सामानहरुको आयातमा आयातकर्ताले बैंकबाट ऋण पाउँदैनन् । उनीहरुले शतप्रतिशत रकम बैंकमा जम्मा गरेपछि मात्रै बैंकले एलसी खोल्न पाउँछ । यसअघि गाडीमा ५० प्रतिशत तथा मदिराजन्य पदार्थमा ७५ प्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था थियो । 


    images

    Logo