images
images

नवलपुरमा विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु


  • 112
    SHARES
  • २०८२ माघ १२ गते सोमबार

    नवलपुरमा विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु

    मध्यविन्दु (नवलपरासी) । नवलपरासी–बर्दघाट सुस्ता पूर्व०को देवचुली नगरपालिका–१ केउरेनीमा विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु भएको छ ।

    नेपाल नमुना मावि केउरेनीको लु १ क ३८१४ नं को बसले ठक्कर दिँदा सोही विद्यालयमा कक्षा नर्सरीमा अध्ययनरत चार वर्षीय बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काले बताए ।

    विद्यालय हाताभित्र बस घुमाउने क्रममा बारा जिल्ला कलैया नगरपालिका–६ स्थायी घर भई हाल देवचुली–१४ छत्तिसघरे बस्ने बिबु पासवानको चार वर्षीय छोरी सुश्माकुमारी पासवान गम्भीर घाइते भएकी थिइन् । घाइते बालिकालाई उपचारको लागि देवचुली नगर अस्पताल लगिएकामा चिकित्सकले मृत घोषित गरेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए । 

    ठक्कर दिने बस र चालक प्रहरीले नियन्त्रणमा लिइएको छ ।


    images

    Logo