images
images

५ सय किलो गाँजासहित दश जना पक्राउ


  • 149
    SHARES
  • २०८२ माघ १६ गते शुक्रबार

    ५ सय किलो गाँजासहित दश जना पक्राउ

    काठमाडौँ । भोजपुरको हतुवागढी गाउँपालिका–९ मचुवाबाट ५०० किलो गाँजासहित आमचोक गाउँपालिका–९ का २९ वर्षीय रूद्रबहादुर श्रेष्ठका साथ अन्य नौ जना पक्राउ परेका छन् । 

    केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार उनीहरू बिहीबार पक्राउ परेका हुन् । शङ्कास्पद गतिविधिमा संलग्न उनीहरू एउटा ट्र्याक्टरमा आफ्नो गन्तव्यतर्फ गइरहेका थिए । 

    प्रहरीले ना७त ३५० नम्बरको ट्र्याक्टरमा जाँच गर्दा ४३ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारेको हो । सबै अभियुक्तलाई हिरासतमा लिएर अनुसन्धान थालिएको छ । ट्र्याक्टर पनि प्रहरी नियन्त्रणमा छ । 


    images

    Logo