images
images

मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ


  • 186
    SHARES
  • २०८२ माघ २३ गते शुक्रबार

    मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

    काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन्। नेपाल प्रहरीले प्रसाईंलाई प्रहरीले शुक्रबार अपरान्ह  काठमाडौँको चाल्नाखेलबाट पक्राउ गरेको हो।  

    ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान, नेपाल’ का अध्यक्षसमेत रहेका प्रसाइँ वीरगन्जको कार्यक्रममा सहभागी हुन जाँदै गर्दा पक्राउ परेका हुन् । प्रसाई यसअघि माघ ५ गते पोखराबाट पक्राउ परेका थिए ।  

    पक्राउ परेको भोलिपल्टै उनी हाजिरी जमानीमा रिहा भएका थिए। उनको समूहले वीरन्जमा गर्न लागेको कार्यक्रममा सहभागी हुन सडक यातायातबाट जाँदै गर्दा प्रसाइँलाई बाटोबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

    स्थानीय प्रशासनको अनुमति बेगर कार्यक्रम गर्न लागेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरी श्रोतले जनाएको छ ।  नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा पक्षले निर्वाचन आयोगमा रकम बुझाएर आधिकारिकता लिएको अभिव्यक्ति दिएपछि उनलाई त्यतिबेला प्रहरीले पक्राउ गरेको थियो।  

    राजावादी अभियन्ता प्रसाईंले विभिन्न माग राखेर निर्वाचन बहिष्कार गर्ने चेतावनी दिँदै आएका छन्।


    images

    Logo