images
images

स्वास्थ्य बीमा कार्यक्रमबाट २५ हजार रुपैयाँ बराबरको ओपीडी सेवा पाउने सुविधा लागू


  • 165
    SHARES
  • २०८२ फाल्गुण २ गते शनिबार

    स्वास्थ्य बीमा कार्यक्रमबाट २५ हजार रुपैयाँ बराबरको ओपीडी सेवा पाउने सुविधा लागू

    काठमाडौं ।  स्वास्थ्य बीमा बोर्डले बीमा कार्यक्रमबाट २५ हजार रुपैयाँ बराबरको ओपीडी सेवा पाउने सुविधा शुक्रबारदेखि लागू गरेको छ ।

    बीमा गरेका हरेक परिवारले अधिकतम २५ हजार ओपीडी र बाँकी ७५ हजार अस्पतालमा भर्ना तथा आकस्मिक सेवाका लागि प्रयोग गर्न सकिने गरी छुट्याइएको स्वास्थ्य बीमा बोर्डले जनाएको छ । बीमितले पाउँदै आएको १ लाख रुपैयाँको उपचार सेवा सुविधा नघटाइएको पनि जनाएको छ ।

    बीमा कार्यक्रमअन्तर्गत ३ हजार ५ सय रकम बीमितले बुझाएमा पाँच जना परिवारले कुल १ लाख रुपैयाँ बराबरको उपचार सेवा पाउने सीमा यथावत् राखिएको जनाइएको छ ।

    बोर्डले अनावश्यक रूपमा हुने ओपीडी सेवाको प्रयोग र दोहोरोपन रोक्न तथा गम्भीर, जटिल र ज्यान जोखिममा पर्ने रोगको उपचारका लागि स्रोत सुनिश्चित गर्नका लागि सेवाको रकम छुट्याएकाले त्यसैअनुसार प्रयोग गर्न पनि आग्रह गरेको छ ।


    images

    Logo