images
images

टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि बनेपामा तनाव


  • 146
    SHARES
  • २०८२ फाल्गुण ६ गते बुधबार

    टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि बनेपामा तनाव

    काठमाडौँ । टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि बनेपाको अवस्था तनावग्रस्त बनेको छ । बुधबार बिहान बागमती प्रदेश–०१– ००४ क ३४२३ नम्बरको टिपरले बनेपा टेलिकम चोकमा स्कुटरलाई ठक्कर दिँदा अन्दाजी ३० वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    घटनापछि आक्रोशित सर्वसाधारणले टिपरमा आगजनी गरेका छन् भने प्रहरीमाथि ढुंगामुढा गरेका छन् । प्रहरीले स्थिति नियन्त्रणमा लिन केही सेल अश्रुग्यास प्रहार गरेको छ ।

    मृतकको पहिचान खुलिसकेको छैन । मृतकको शव बनेपास्थित शीर मेमोरियल अस्पतालमा राखिएको छ ।


    images

    Logo