images
images

शुक्लाफाँटा निकुञ्ज बाहिर पाटेबाघ, स्थानीय त्रसित


  • 149
    SHARES
  • २०८२ फाल्गुण ८ गते शुक्रबार

    शुक्लाफाँटा निकुञ्ज बाहिर पाटेबाघ, स्थानीय त्रसित

    कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-५ गर्जमुनि क्षेत्रमा पटकपटक पाटेबाघ देखिएपछि स्थानीय त्रसित भएका छन् भने प्रशासनले सबैलाई सतर्क रहन आग्रह गरेको  छ ।

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएका पाटेबाघ बस्तीमा पसेर घरपालुवा चौपाया मार्न थालेपछि स्थानीय भयभीत छन् । त्रिशक्ति उपभोक्ता समितिले पनि उनीहरूलाई सचेत रहन आग्रह गरेको छ ।

    बाघ बस्तीमा आउन थालेपछि निकुञ्ज वरपरका स्थानीयलाई राति हिँडडुल नगर्न, हिँड्नै परेमा समूहमा पर्याप्त उज्यालो (टर्च लाइट) लिएर मात्र निस्कन र घर–गोठ वरपरका झाडी तथा बुट्यानहरू सफा राख्न अनुरोध गरिएको समितिका अध्यक्ष दमनबहादुर चन्दले बताए । 

    “निकुञ्जको सीमा क्षेत्रमा पर्ने खेतबारीमा काम गर्न जाँदा, दाउरा–घाँस काट्न वा पशुचौपाया चराउन जाँदा एक्लै नजान र समूहमा रहेर मात्र काम गर्न सचेत गराएका छौँ”, उनले भने, “कतै बाघ देखिएमा वा बाघले चौपाया मारेको थाहा पाएमा निकुञ्ज प्रशासन, नेपाली सेना, नगरपालिका वा वडा कार्यालयमा खबर गर्न आग्रह गरेका छौँ ।”


    images
    images

    Logo