images
images

निर्वाचनमा  प्राथमिक उपचार स्वयंसेवक परिचालन गर्दै नेपाल रेडक्रस


  • 210
    SHARES
  • २०८२ फाल्गुण २० गते बुधबार

    निर्वाचनमा  प्राथमिक उपचार स्वयंसेवक परिचालन गर्दै नेपाल रेडक्रस

    काठमाडौँ । नेपाल रेडक्रस सोसाइटी, काठमाडौँ जिल्ला शाखाले बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा विभिन्न ३०  मतदान केन्द्र परिसरमा प्राथमिक उपचार स्वयंसेवक परिचालन गर्ने भएको छ । 

    काठमाडौँ महानगरपालिकासहित अन्य १० पालिकाका विभिन्न ३० मतदान केन्द्रमा चार÷चार जना स्वयंसेवकले सेवा प्रदान गर्ने छन् । साथै ती स्वयंसेवकको अतिरिक्त शाखाले एम्बुलेन्ससहित सातजनाको अलग टोली पूर्वतयारी अवस्थामा राखेको छ । 

    जिल्ला शाखाका सभापति श्यामकाजी डोटेलले मतदान केन्द्रमा आकस्मिक प्राथमिक उपचार सेवा उपलब्ध गराउनुपर्ने स्थिति सिर्जना हुनसक्ने अवस्थालाई मध्यनजर राखी स्थानीय रुपमा प्राथमिक उपचार टोली तथा सामग्रीहरू पूर्वतयारी गरिएको जानकारी दिए । उनले भने, “प्राथमिक उपचार स्वयंसेवकले तत्काल प्राथमिक उपचार सेवा आवश्यक पर्नेलाईसेवा प्रदान गर्नेछन् ।”

    यसका लागि जिल्ला शाखाले प्राथमिक उपचार स्वयंसेवकहरुका लागि अभिमुखीकरणसमेत आयोजना गरेको थियो । अभिमुखीकरणमा प्राथमिक उपचार पुनर्ताजगी, सुरक्षित पँहुच, मनोसामाजिक सहयोग र मनोवैज्ञानिक प्राथमिक उपचारलगायतका विषयमा सैद्धान्तिक तथा प्रयोगात्मक कक्षा सञ्चालन गरिएको छ । शाखाले स्वयंसेवकहरुलाई मानवीय सेवाका विभिन्न गतिविधिहरू सञ्चालनमा परिचालन गर्दै  आएको छ ।

     


    images

    Logo