images
images

सुर्खेत–१ मा कांग्रेस र २ मा एमालेको अग्रता


  • 193
    SHARES
  • २०८२ फाल्गुण २२ गते शुक्रबार

    सुर्खेत–१ मा कांग्रेस र २ मा एमालेको अग्रता

    कर्णाली । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सुर्खेतका दुवै क्षेत्रको मतगणना सुरु भएको छ । क्षेत्र नं १ मा एक हजार ९८७ मतगणना हुँदा खड्काले ७९८ मत मत प्राप्त गरेका छन् । 

    यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर सिंहले ५४५, नेकपा (एमाले) का ध्रुवकुमार शाहीले ४२७ र नेपाली कम्युनिष्ट पार्टीका जीतबहादुर रानाले ७७ मत प्राप्त गर्नुभएको भएको निर्वाचन अधिकृत कैलाशप्रसाद भट्टराईले जानकारी दिए ।

    यस्तै, क्षेत्र नं २ मा एमालेका कुलमणि देवकोटाको अग्रता छ । यहाँ ७८१ मतगणना हुँदा उनले ३१६ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका नारायणकुमार कोइरालाले २१८, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेशकुमार सापकोटाले १२७ र नेपाली कम्युनिष्ट पार्टीका झकबहादुर मल्लले १०७ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृत दीपक ढकालले जानकारी दिए ।


    images

    Logo