images
images

रास्वपाको लहरः शीर्ष नेताहरू पछाडि, अधिकांश क्षेत्रमा फराकिलो अग्रता


  • 212
    SHARES
  • २०८२ फाल्गुण २३ गते शनिबार

    रास्वपाको लहरः शीर्ष नेताहरू पछाडि, अधिकांश क्षेत्रमा फराकिलो अग्रता

    काठमाडौं । यस पटकको प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रभाव देखिँदैछ । प्रारम्भिक मत परिणाम अनुसार कतिपय चर्चित नेता पछाडि परेका छन् भने रास्वपाका उम्मेदवारले फराकिलो अग्रता बनाएका छन्।

    पछिल्लो मत परिणाम अनुसार प्रमुख क्षेत्रको स्थिति यसप्रकार छ:

    झापा ५: केपी शर्मा ओली (एमाले) – १०,२९३, बालेन्द्र शाह (रास्वपा) – ३९,२८४

    सर्लाही ४: गगन थापा (कांग्रेस) – ६,९९५, अमरेश कुमार सिंह (रास्वपा) – ११,३८३

    दाङ २: शंकर पोखरेल (एमाले) – ११,८०२, विपिनकुमार आचार्य (रास्वपा) – ३१,८५५

    रौतहट १: माधवकुमार नेपाल (नेकपा) – ५,२८३, राजेश कुमार चौधरी (रास्वपा) – २०,७२६

    झापा ३: राजेन्द्र लिङ्देन (राप्रपा) – ११,५६८, प्रकाश पाठक (रास्वपा) – २५,७१६

    तनहुँ १: स्वर्णिम वाग्ले (रास्वपा) – ३०,९०५, गोविन्द भट्टराई (नेपाली कांग्रेस) – १३,१७७

    रुपन्देही २: विष्णु पौडेल (एमाले) – १२,३०३, सुलभ खरेल (रास्वपा) – ५४,५५०

    गुल्मी १: प्रदीप ज्ञवाली (एमाले) – १०,२६९, सागर ढकाल (रास्वपा) – १८,३३५

    गुल्मी २: गोकर्ण विष्ट (एमाले) – १५,४३९, गोविन्द पन्थी (रास्वपा) – १५,६५१

    सर्लाही ३: नारायणकाजी श्रेष्ठ (नेकपा) – ६,७४२, नरेन्द्र साह कलवार (रास्वपा) – २०,२७८

    नवलपरासी पश्चिम १: विनोदकुमार चौधरी (नेपाली कांग्रेस) – ४,०८५, हृदयेश त्रिपाठी (जसपा) – ५,६९८, विक्रम खनाल (रास्वपा) – १४,२५४

    सप्तरी ३: उपेन्द्र यादव (जसपा) – ६,४२२, अमरकान्त चौधरी (रास्वपा) – ८,६८३

    सप्तरी २: सिके राउत (जनमत) – २,९३५, रामजी यादव (रास्वपा) – ६,८७५

    भक्तपुर २: महेश बस्नेत (एमाले) – ८,३५१, राजीव खत्री (रास्वपा) – ३४,७०२

    रुकुम पश्चिम १: जनार्दन शर्मा (प्रलोपा) – ५,१६०, गोपाल शर्मा (नेकपा) – ७,२७२

    जुम्ला १: ज्ञानेन्द्र शाही (राप्रपा) – १०,९९२, नरेश भण्डारी (नेकपा) – ७,०१५, बिनिता कठायत – २६१

    इलाम २: सुहाङ नेम्वाङ (एमाले) – ९,१५१, सुदिप राई (श्रम संस्कृति पार्टी) – ७,३४४

    प्यूठान १: सूर्यबहादुर थापा (एमाले) – ९,२७७, गोविन्दराज पोखरेल (नेपाली कांग्रेस) – १०,११२, सुशान्त वैदिक (रास्वपा) – ११,४८६

    रौतहट ४: ऋषि धमला (आम जनता पार्टी) – २९०, गणेश पौडेल (रास्वपा) – १८,०१३

    सुनसरी १: हर्कराज राई (श्रम संस्कृति पार्टी) – ६,२७९, गोमा तामाङ (रास्वपा) – ५,३३३

    रास्वपा यस चुनावमा अधिकांश क्षेत्रमा अग्रस्थानमा देखिएको छ । कांग्रेस, एमाले लगायतका पुराना दलका नेता पछाडि परेका छन्।


    images

    Logo