images
images

अर्घाखाँचीमा समानुपतिक मतगणना सकियो, रास्वपा प्रथम


  • 141
    SHARES
  • २०८२ फाल्गुण २५ गते सोमबार

    अर्घाखाँचीमा समानुपतिक मतगणना सकियो, रास्वपा प्रथम
    अर्घाखाँची । अर्घाखाँचीमा समानुपतिक मतगणनामा पनि राष्ट्रिय स्वतन्त्र पार्टी प्रथम भएको छ । रास्वपाले प्रत्यक्षभन्दा चार हजार बढी बढी मत अर्थात् ३९ हजार ५८ मत प्राप्त गरेको छ । प्रत्यक्षतर्फ ३५ हजार २३ मत प्राप्त गरेको थियो । 
     
    दोस्रोमा नेकपा (एमाले)ले २० हजार ४५१, नेपाली कांग्रेसले १७ हजार ६५१,  नेपाली कम्युनिष्ट पार्टीले तीन हजार ९७७, राष्ट्रिय जनमोर्चाले दुई हजार ३८८ र राप्रपाले ७२५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेले बताए ।  
     
    जिल्लामा एक लाख ७१ हजार ६५२ मतदाता रहेकामा समानुपतिकतर्फ ८८ हजार ७३३ मत प्राप्त भएको थियो । जसमा  दुई हजार ५७८ मत बदर भएका छन् । ८६ हजार १५५ मत सदर भएका थिए । 


    images

    Logo