images
images

२४ कम्पनी आईपीओको अन्तिम तयारीमा, साढे ६ अर्बभन्दा बढीको आउँदै


  • 606
    SHARES
  • २०७८ पौष १४ गते बुधबार

    २४ कम्पनी आईपीओको अन्तिम तयारीमा, साढे ६ अर्बभन्दा बढीको आउँदै

    काठमाडौं । विभिन्न २४ कम्पनीले प्राथमिक शेयर निष्कासन (आईपीओ) को अन्तिम तयारी गरेका छन्। नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा रहेका ती कम्पनीले साढे ६ अर्ब रूपैयाँभन्दा बढीको सेयर निष्कासन गर्ने तयारी गरेका हुन्। सेयर निष्कासनको अन्तिम तयारी गर्ने कम्पनीमा १४ जलविद्युत्का छन्। त्यस्तै, ६ लघुवित्त, २ बीमा र २ अन्य कम्पनी पनि आईपीओ निष्कासनको तयारीमा छन्।

    यी सबै कम्पनीले ५ करोड ९३ लाख ६ हजार कित्ता आईपीओ जारी गर्न आवेदन दिएको बोर्डले जनाएको छ। सबै कम्पनीले ६ अर्ब ६० करोड ७६ लाख रूपैयाँको आईपीओ जारी गर्ने भएका हुन्। पाइपलानमा रहेका ती कम्पनीले बोर्डबाट अनुमति पाउनेबित्तिकै आईपीओ निष्कासन गर्नेछन्। बोर्डले स्वीकृति दिएको दुई महिनाभित्र आईपीओ जारी गर्नुपर्ने व्यवस्था छ।

    आईपीओ निष्कासनको पाइपलाइनमा रहेको सयपत्री हाइड्रोपावरले ९ करोड रूपैयाँको ९ लाख कित्ता प्राथमिक सेयर जारी गर्न खोजेको छ। त्यस्तै, मोलुङ हाइड्रोपावर कम्पनीले ३५ लाख ३१ हजार कित्ता आइपिओ जारी गर्न बिक्री प्रबन्धक समेत छनोट गरिसकेको छ।

    सय रूपैयाँ प्रतिकित्ताका दरले उक्त कम्पनीले ३५ करोड ३१ लाख रूपैयाँ बराबरको सेयर जारी गर्नेछ। थ्री स्टार हाइड्रोपावर कम्पनीले १२ लाख ३१ हजार २ सय ५० कित्ता आईपीओ जारी गर्ने तयारी गरेको छ। यसले १२ करोड ३१ लाख २५ हजार रूपैयाँ बराबरको आईपीओ जारी गर्दैछ। राप्ती हाइड्रोपावरले २९ लाख ४१ हजार चार सय १० कित्ता आईपीओ जारी गरेर २९ करोड ४१ लाख ४१ हजार रूपैयाँ संकलन गर्ने लक्ष्य लिएको छ।

    पाइपलाइनमा रहेको स्वेतगंगा हाइड्रोपावरले ४७ लाख ७९ हजार कित्ता आइपिओ जारी गर्न खोजेको छ। सेयर बिक्रीबाट उक्त कम्पनीले ४७ करोड ७९ लाख रूपैयाँ जुटाउँदैछ। मन्दाकिनी हाइड्रोपावरले १७ लाख ६४ हजार एक सय १० कित्ता आइपिओ जारी गर्न बोर्डमा आवेदन दिएको छ। प्रतिकित्ता एक सय रूपैयाँका दरले आइपिओ बिक्री गरेर मन्दाकिनीले १७ करोड ६४ लाख ११ हजार रूपैयाँ सर्वसाधारणसँग उठाउँदैछ।

    त्यस्तै, अपर सोलु हाइड्रोपावरले ३३ लाख ७ हजार पाँच सय कित्ता आइपिओ जारी गर्न निवेदन दिएको छ। सय रूपैयाँ प्रतिकित्ताका दरले यसले ३३ करोड सात लाख ५० हजार रूपैयाँ बराबरको सेयर जारी गर्दैछ। अपर हेवाखोला हाइड्रोपावरले २० लाख कित्ता सेयर जारी गर्न बोर्डसँग स्वीकृति मागेको छ। नागरिक  दैनिकबाट


    images

    Logo