काठमाडौं । एनएमबि बैंकले स्वीजरल्याण्डको स्वीस इन्भेष्टमेन्ट फण्ड इममर्जिङ मार्केट्स (सिफेम) बाट झण्डै डेढ अर्ब रुपैयाँ बराबरको ऋण लिने भएको छ । बैंक र सिफेमबीच १ करोड २० लाख अमेरिकी डलर ऋण आदानप्रदानसम्बन्धी सम्झौता भएको हो । योसँगै एनएमबि बैंक स्वीजरल्यान्डको विकास वित्त संस्था सिफेमबाट ऋण लिने नेपालको पहिलो बैंक बनेको छ ।
सिफेमबाट लिएको यो रकम बैंकले मुख्यतः लघु साना तथा मझौला उद्यमलाई कर्जा प्रदान गर्न, वित्तीय पहुँच अभिवृद्धि, रोजगारी वृद्धि र स्थानीय अर्थव्यवस्थामा सहजता बढाउन सहयोग पुग्ने खालका क्षेत्रमा लगानी गर्नेछ । यो सम्झौताले एनएमबि बैंकको लगानीको स्रोतलाई विविधिकरण गर्दै दीगो विकास गर्ने प्रतिवद्धता पुष्टि गरेको बैंकको भनाइ छ । विदेशी मुद्रा सञ्चय तथा लगानीयोग्य ऋणको अभावको वर्तमान परिप्रेक्षमा यो अझै सान्दर्भिक बनेको समेत बैंकको भनाइ छ ।
सम्झौताको अवसरमा नेपालका लागि स्वीट्जरल्याण्डकी राजदुत एलिजावेथ भोन क्यापेलरले यो सम्झौताले नेपालमा स्वीस सहकार्यको नयाँ अध्यायको सुरुवात भएको बताएकी छन् । यो लगानीले नेपालको अर्थतन्त्रका प्रमुख संवाहक मानिने नेपाली लघु साना तथा मझौला उद्यमको वित्तीय पहुँच बढाउन सहयोग गर्ने विश्वास उनले व्यक्त गरिन् ।
एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले सम्झौत यो ऋण सम्झौताले वास्तविक अर्थतन्त्रका क्षेत्रमा लगानी गर्ने हाम्रो प्रतिबद्धतालाई थप गतिबताए । हालको चुनौतीपूर्ण समयमा साना व्यवसायलाई निर्वाध रुपमा नगद प्रवाहमा पहुँच पुर्याउन यो सम्झौताले सहयोग उनले बताए ।
एनएमबि बैंकले यो प्रयासलाई आफ्नो स्रोतलाई विविधिकरण गर्दै अन्तर्राष्ट्रिय सरोकारवालाहरूसँग सहकार्यलाई बढाउने रणनीतिको निरन्तरता भएको जनाएको छ । यसअघि पनि बैंकले अन्तर्राष्ट्रिय वित्त निगम, सीडीसी समूह, अन्तर्राष्ट्रिय विकासका लागि ओपेक कोष र सिम्बायोटिक्स लगायतका संस्थाहरुबाट ऋण लिई नेपाल राष्ट्र बैंकले तोके बमोजिम प्राथमिकताका क्षेत्रमा लगानी गर्दै आएको छ ।


