images
images

एमालेले टुंग्यायो समानुपातिकका १६ सांसदको नाम (सूचीसहित)


  • 279
    SHARES
  • २०८२ फाल्गुण ३० गते शनिबार

    एमालेले टुंग्यायो समानुपातिकका १६ सांसदको नाम (सूचीसहित)

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले प्रतिनिधिसभाको समानुपातिकतर्फ चयन हुने १६ जना सांसदको नाम टुंगो लगाएको छ ।

    शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको सचिवालय बैठकले १६ जनाको नाम निर्वाचन आयोग नेपाल मा सिफारिस गर्ने निर्णय गरेको उपमहासचिव लेखराज भट्ट ले जानकारी दिए ।

    एमालेले समावेशी समूहअनुसार विभिन्न समुदायबाट प्रतिनिधित्व हुने गरी नाम छनोट गरेको जनाएको छ ।

    यी हुन् एमालेले सिफारिस गरेका १६ जना :

    जनजाति
    महिला :
    – भूमिका सुब्बा
    – गंगादेवी श्रेष्ठ

    पुरुष :
    – रामबहादुर थापा मगर
    – कुलभक्त शाक्य

    खस आर्य
    महिला :
    – पद्मा अर्याल
    – टुकाभद्रा हमाल
    – एशुदा कुमारी बराल (पिछडिएको क्षेत्र)

    पुरुष :
    – गुरु प्रसाद बराल
    – पुष्पराज कंडेल

    थारु
    – कृपाराम राणा (पुरुष)

    दलित
    महिला :
    – विष्णुमाया वी.के.
    – नीता घटानी

    मधेसी
    महिला :
    – रिङ्ला यादव
    – यशोधा कुमारी यादव

    पुरुष :
    – चन्द्रेश्वर मण्डल

    मुस्लिम
    महिला :
    – साजिदा सिद्दीकी

    एमालेले समानुपातिक प्रणालीअन्तर्गत प्राप्त मतका आधारमा प्रतिनिधिसभामा पाउने १६ सिटका लागि उक्त नाम सिफारिस गरेको हो । निर्वाचन आयोगले आवश्यक प्रक्रिया पूरा गरेपछि उनीहरू सांसदका रूपमा घोषणा हुनेछन् ।


    images

    Logo