काठमाडौं । श्रम संस्कृति पार्टीले समानुपातिकतर्फका चार जना सांसदको नाम टुंगो लगाएको छ । धरानमा बसेको केन्द्रीय समिति बैठकले आदिवासी जनजातिबाट सुनसरीका पूर्ण लिम्बू, मधेशीबाट धनुषाकी रुवीकुमारी ठाकुर, खसआर्यबाट सुनसरीकी अम्बिकादेवी संग्रौला र दलितबाट सुर्खेतकी राधिका रम्तेल (सार्की) लाई चयन गरेको हो ।
प्रवक्ता सत्य घलेका अनुसार बैठकले टुंग्याएको नाम निर्वाचन आयोगमा पठाइनेछ । लिम्बू बृटिस गोर्खाका भूपु क्याप्टेन हुन् भने ठाकुरलाई जेनजी समूह समेट्ने उद्देश्यले मधेशी महिलाबाट छनोट गरिएको अध्यक्ष साम्पाङले बताएका छन् ।
समानुपातिक सिट थोरै तर आकांक्षी धेरै भएकाले नाम टुंग्याउन पार्टीलाई केही कठिन भएको थियो ।