images
images

रुपन्देहीमा ११ लाख बढीको सामान बरामद


  • 172
    SHARES
  • २०८२ चैत्र २ गते सोमबार

    रुपन्देहीमा ११ लाख बढीको सामान बरामद

    देवदह(रुपन्देही) । जिल्ला प्रहरी कार्यालयले करिव ११ लाखभन्दा बढीको अवैध सामान बरामद गरेको छ । प्रहरी टोलीले चैत १ गते अन्दाजी रु ११ लाख ५२ हजार ७२० बराबरको सामान बरामद गरेको हो ।

    जिल्लाका विभिन्न स्थानमा चेक गर्ने क्रममा अवैधरुपमा भन्सार छली चोरी पैठारी गरिएको सामान नियन्त्रणमा लिइएको कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले बताए । 

    बरामद गरिएको सामानमा पीकअपसहित केरा,मोटरसाइकलसहित किराना सामान, ब्रोइलर कुखुरा, सुर्ती, जोली रोल्स चकलेट, हरिया सिम्लामिर्च, झोला ड्रागन धूप, विभिन्न किचन सामग्री, पटका, फलफूल, विभिन्न प्रजातिको फूलका बिरुवालगायत छन् ।


    images
    images

    Logo