काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार, बैठक मंगलबार दिउँसो १ बजे बोलाइएको हो ।
वैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बताइएको छ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरूलाई उपस्थितिका अनुरोध गरिएको छ ।
सभापति गगनकुमार थापाको राजीनामा अस्वीकृत भएपछि पहिलोपटक बैठक बोलाइएको हो ।