काठमाडौँ । प्रधानमन्त्री नियुक्त बालेन्द्र शाहले १५ सदस्यीय मन्त्रीपरिषद् गठन गर्दैछन् । प्रधानमन्त्रीको सफलसंगै मन्त्रीको समेत सफत हुने बताइएको छ । शाहको मन्त्रिमण्डलमा रास्वपा उपसभापति डा.स्वर्णिम वाग्लेलाई अर्थमन्त्री बनाइएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहले रक्षा तथा उद्योग मन्त्रालय आफैले राखेका छन् । यसअघि उद्योग मन्त्रालय अमरेश कुमार सिंहलाई दिने भन्ने सार्वजनिक भएको थियो । मन्त्रिपरिषद्मा दोस्रो वरियतासहित वाग्लेलाई अर्थमन्त्रीको जिम्मेवारी दिइएको रास्वपा उच्च स्रोतले जनाएको छ ।
यस्तै, परराष्ट्रमन्त्रीमा शिशिर खनाल, गृहमन्त्रीमा सुदन गुरुङ र कानुनमन्त्रीमा सोबिता गौतम नियुक्त हुने भएका छन् । त्यसैगरी, भौतिक पूर्वाधार तथा यातायातमा सुनिल लम्साल, भूमि तथा सहकारी र सामान्य प्रशासनमा प्रतिमा रावल नियुक्त हुने भएका छन् ।
त्यसैगरी उर्जामा विराजभत्त श्रेष्ठ, शिक्षामा सस्मित पोखरेल, पर्यटनमा गणेश पौडेल र महिला तथा बालबालिकामा सिता वादी नियुक्त हुने टुंगो लागेको राश्वपा स्रोतले जनाएको छ ।
यस्तै, कृषिमन्त्रीमा गिता चौधरी, सञ्चार तथा सुचना प्रविधिमन्त्रीमा बिक्रम तिमिल्सिना र स्वास्थ्यमन्त्रीको जिम्मेवारी निशा मेहतालाई दिने सहमति बनेको बताइएको छ । रास्वपाले सभामुखमा पार्टीका उपसभापति डीपी अर्याललाई पठाउने भएको छ ।


