काठमाडौं । विद्यालय र विश्वविद्यालयबाट दुुई महिनाभित्र दलीय विद्यार्थी संगठन हटाइने भएको छ । मन्त्रिपरिषद्को शुक्रबारको बैठकले पारित गरेको सय कार्यसूचीमा विद्यालय र विश्वविद्यालयमा रहेका दलीय विद्यार्थी संगठन हटाउने उल्लेख छ।
शिक्षा क्षेत्रमा दलीय हस्तक्षेप बढेको भन्दै नवगठित बालेन्द्र सरकारले दलीय विद्यार्थी संगठन हटाउने निर्णय गरेको हो । दलीय विद्यार्थी संगठनको सट्टामा तीन महिनाभित्र नयाँ संरचना बनाइने कार्यसूचीमा उल्लेख छ।


