images
images

रोल्पामा १५ दिन दैनिक ६ घण्टा विद्युत् कटौती


  • 138
    SHARES
  • २०८२ चैत्र २१ गते शनिबार

    रोल्पामा १५ दिन दैनिक ६ घण्टा विद्युत् कटौती

    काठमाडौं । रोल्पामा सडक विस्तार कार्यका कारण १५ दिनसम्म दैनिक ६ घण्टा विद्युत् सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण अन्तर्गतको रोल्पा वितरण केन्द्रले आइतबारदेखि यस्तो तालिका लागू हुने जनाएको हो ।

    मदन भण्डारी राजमार्ग विस्तार अन्तर्गत विद्युत् पोल स्थानान्तरण गर्नुपर्ने भएकाले सेवा अवरुद्ध गर्न लागिएको वितरण केन्द्रले जनाएको छ । केन्द्र प्रमुख ईश्वरबहादुर बिष्टका अनुसार चैत २२ गतेदेखि वैशाख ६ गतेसम्म बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म दैनिक विद्युत् आपूर्ति बन्द रहनेछ ।

    यस अवधिमा माडी गाउँपालिका, परिवर्तन गाउँपालिका र थबाङ गाउँपालिका लगायतका क्षेत्रमा विद्युत् सेवा प्रभावित हुने बताइएको छ ।

    निर्धारित समयभन्दा अगाडि नै सडक विस्तारको काम सम्पन्न भएमा भने विद्युत् सेवा सो अवधिभन्दा अघि नै नियमित गरिने वितरण केन्द्रले जनाएको छ ।


    images

    Logo