images
images

विभिन्न स्थानबाट लागूऔषधसहित २५ जना पक्राउ


  • 127
    SHARES
  • २०८२ चैत्र २६ गते बिहीबार

    विभिन्न स्थानबाट लागूऔषधसहित २५ जना पक्राउ

    काठमाडौँ । देशका विभिन्न स्थानबाट लागूऔषधसहित २५ जना पक्राउ परेका छन् । 

    केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँ महानगरपालिका-७ बाट ३०५ थान ट्रामाडोल ट्याब्लेटसहित दुई, सोही महानगरपालिका-२६ मित्रनगरबाट दुई, चितवनको कालिका नगरपालिका-२ बाट एक र माडी नगरपालिका-६ बाट दुई जनालाई पक्राउ गरिएको हो । 

    यसैगरी, कैलालीको टीकापुर नगरपालिका-९ बालुवाटारबाट एक, सुनसरीको इनरुवा नगरपालिका-४ बसचोकबाट तीन, सिन्धुपाल्चोकको लिसङ्खु पाखर गाउँपालिका-५ मुडेस्थित होटल दोलखा दर्शनबाट चार जनालाई खैरो हेरोइनसहित पक्राउ गरिएको छ । 

    मोरङको उर्लाबारी नगरपालिका-२ डुम्रेबाट छ, मेचीनगर नगरपालिका-६ काँकरभिट्टा बाहुनडाँगी रोडबाट एक, बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२१ बाट दुई, सर्लाही, विष्णु गाउँपालिका-५ फेन्हारा चोकबाट दुई, धादिङको गजुरी गाउँपालिका-२ रातमाटेबाट ३० किलोग्रामसहित एक र बर्दियाको मधुवन नगरपालिका-६ बाट एक जनालाई पक्राउ गरिएको समाचारकक्षले आज प्रकाशन गरेको समाचार ‘बुलेटिन’मा जनाइएको छ । 


    images
    images

    Logo