काठमाडौं । इरानी सेनाको कब्जामा रहेका नेपाली युवा अमृत झा रिहा भएका छन् । झालाई इरानले बुधबारसाँझ रिहा गरेको हो ।
परराष्ट्रमन्त्रालयका अनुसार कतारस्थित नेपाली दूतावासका अधिकारीले इरानमा समन्वय गरेर झालाई रिहा गराएका हुन् । दुबईको एक पानी जहाज कम्पनीमा कामगर्ने झालाई एक महिनाअघि इरानी सेनाले नियन्त्रणमा लिएर बन्धक बनाएको थियो ।
उदयपुरमा बस्दै आएका रिहा भएका झाका परिवारले उनको रिहाईका लागि पहल गरिदिन आग्रह गर्दै आएका थिए । कतारस्थित दूतावासको टोलीसँग निरन्तर सम्पर्कमा रहेको परराष्ट्रमन्त्रालयले जनाएको छ ।


